शनिबार , बैसाख १३, २०८२
बर्दियाको बढैयाताल गाउँपालिकामा छैठौं पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै – Bagmati Post

विश्वास चापागाई

बर्दिया, चैत्र ३१

बर्दियामा मयुर युवा क्लबको आयोजनामा छैठौ जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्य ,अनुशासन, लगनशीलता: खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ २०८२ बैशाख २ गतेबाट सुरु हुने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलन कार्यक्रम बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख अतिथ्यतामा सञ्चालन भएको  थियो भने प्रतियोगिता बढैयाताल गाउँपालिका वडा नं ८ को खेल मैदानमा हुने मयुर युवा क्लबका अध्यक्ष ईश्वर बहादुर  रानाले बताए । जिल्ला भरिका ८ वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नकआउटको आधारमा गरिने रानाले जनाए ।

प्रतियोगितामा पुरस्कार, प्रमाणपत्र, प्राविधिक, खेलाडी व्यवस्थापन लगायत फिल्ड व्यवस्थापनमा ६ लाख ९१ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी मयुर युवा क्लबका कोषाध्यक्ष सम्शेर मल्लले दिए ।

बढैयाताल गाउँपालिकाको समन्वयमा हुने यस प्रतियोगिताको खेलमा प्रथम हुने टिमलाई नगद १ लाख १ हजार १ सय ११, द्वितीयलाई ५५ हजार ५ सय ५५, म्यान अफ द म्याचलाई ६ हजार रुपैयाँ पुरस्कार र ट्रफी ,मेडल , प्रमाणपत्रको व्यवस्था गरिएको समेत अध्यक्ष रानाले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP